नेपालगन्ज । नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको नेपालगञ्जका व्यापारीहरुको आरोप छ । नेपालगन्जका उद्योगी, ब्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सहित सडक उत्रदैं राष्ट्र बैंक र सरकारी नीतिको विरोध गर्दै आफुहरुलाई पेशाबाटै विस्थापनको खतरामा पुर्याएको आरोप लगाएका छन् ।
उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक कार्यालय अगाडी दोस्रो चरणको आन्दोलन सहित सडकमा धर्ना सुरु गरेका हुन् । सोमबार बाँकेका उद्योगी व्यवसायीहरुले चर्को नारा लगाउदै राष्ट्र बैंकको बैंकको सियो, म्यानेजरले आफ्नो व्यक्तिगत ऋणको व्याज पनि आम उद्योगी व्यवसायीहरुलाई तिर्न लगाइएकोले बैंकको व्याज अकासिदै गएको उनीहरुले दाबी गरेका छन् ।
हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४।४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म उद्योगी व्यवसायीहरुको आन्दोलन नरोकिने उद्योगी व्यवसायीले बताएका छन् ।
प्रतिनिधीसभा सदस्यका नवनिर्वाचित संसद डा. धवल शम्शेर राणाले उद्योगी व्यवसायीहरुको नेपालगन्जमा दोस्रो चरणको आन्दोलनमा सहभागी भएको बताउँदै उद्योगी व्यवसायीहरु कडा रुपमा चर्को नारा लगाएर सरोकारवालाहरुलाई न घचघच्याउदा सम्म उद्योगी व्यवसायीहरुको पीडा र आवाज आन्दोलनमै सिमीत रहने बताउनुभएको छ ।
व्यवसायी तथा सामाजीक अभियन्ता कृष्णा प्रसाद श्रेष्ठले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँदै आन्दोलन बाध्यकारी भएको बताए । राज्यलाई उद्योगी व्यवसायीहरुले पटक पटक ध्यानार्कष्र्ण गराउँदा समेत उद्योगी व्यवसायीहरुको पीडा र अवाजको सुनवाई नभएकाले अब कडा अन्दोलन जान बाहेक अरुमा बिकल्प नभएको बताए ।
अरूबेला बन्द हड्तालको विरोध गर्ने उद्योगी व्यवसायीहरु अहिले आन्दोलनमा उत्रिनु परेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । कर्जा लिने कारोबारको २०÷२५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको अब्यवहारिक व्यवस्था रहेको उनले बताए । पहिलो चरणको आन्दोलनबाट समस्या समाधान नभएपछि दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।
आन्दोलित उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक नेपालगन्जका कर्मचारीलाई ८ बुदें ध्यानाकर्षण पत्र बुझाउदै बैंकको अब्यवहारिकफेरी नीति खारेज नगरे र उद्योगी व्यवसायीहरुको माग पुरा नभएर सबै व्यवसायीहरु पसल, व्यापार, सटर झारेर सडकमा आगो बालेर कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।






