काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको सपथ खाएर पदभार ग्रहरण गरेसंंगै धेरैले बधाई दिनुकासाथै एकैपटक कसरी गृहमन्त्रालयको जिम्मेवारी कसरी पाए भन्ने विषयले निकै चर्चा पायो ।
उनी गृहमन्त्री भएसंगै सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणीहरु भए । कतिले युवा भएका कारण देशको सुरक्षाको जिम्मेवारीलाई राम्रोसंग सम्हाल्ने भएको हुनाले पाएको भन्ने तर्क दिएका छन् भने कतिले रवी खेलाडी हो भित्री रुपमा पक्कै केही कुरामा सर्त राखेर पायो भन्ने पनि अभिव्यक्तिहरु सामाजिक सञ्जालमा देखियो ।
तर वास्तविकता नवनियुक्त गृहमन्त्री लामिछानेले आफुलाई गृहमन्त्रालय नदिए सरकारलाई गरेको समर्थन नै फिर्ता लिने धम्की दिएको उच्च स्रोतले बताएको छ । श्रोतका अनुसार मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएपछि रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो ।
तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको हो श्रोतले भन्यो । सरकार गठन भएको आज दोस्रो दिन हो ।






