काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री प्रचण्ड व्यस्त बनेका थिए ।
उनी कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुगेका थिए । यसपछि उनी पेरिसडाडास्थित पार्टी कार्यालयमा रहेको सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि प्रचण्ड लैनचौरस्थित सहित स्मृति पार्कमा पनि सहिदहरुलाई श्रद्धाञ्जली गर्न पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सपथ खाएसंगै गरे पदभार ग्रहण
प्रधानमन्त्री प्रचण्डले सपथ खाएसंगै गरे पदभार ग्रहण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






