नेपालगञ्ज । नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एसपीको काज सरूवा गरेको हो । सो क्रममा प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका सन्तोषसिंह राठौरको बाँकेमा सरूवा भएको छ भने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपेन्देही सरुवा भएको हो ।
यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपेन्देही योगेन्द्र सिंह थापाको सुर्खेत र काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका देवेन्द्रबहादुर पालको कैलालीमा सरूवा भएको हो ।
त्यस्तै ९ जना डीएसपीको सरुवा, रामेछापका इन्चार्ज परिवर्तन
योपनि प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी दान बहादुर थापालाई सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा होम बहादुर पराजुली गएका छन् ।
रामेछापका राजकुमार थिङ प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा पुगेका छन् । थिङ युएन शान्ति मिसनमा छनोट भएकाले उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिल बहादुर मल्ल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल सरुवा भएका छन् ।






