काठमाण्डौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आउँदो प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।
आज आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले आउँदो प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।
संसदीय प्रणालीमा सङ्ख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदको धेरै सङ्ख्या रहेको बताईन् । उनले भने,‘मलाई ज्योतिष ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ ।
ठूलो दल पनि हाम्रै छ । धेरै सङ्ख्या पनि हामीसँगै छ ।’ उनले पार्टीका अन्य नेताहरूले संसदीय दलको नेतामा आकाङ्क्षा राख्नु स्वाभाविक भएको बताईन् ।






