बाँके, नेपालगञ्ज । ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाले २१ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष अनिता पौडेलको अध्यक्षतामा शनिबार साधारण सभा सम्पन्न भएको हो । लुम्बिनी प्रदेशका पुर्व माननिय पार्वती पुन (उषा) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा संस्थाका अध्यक्ष अनिता पौडेलले आ. ब ०७८, ०७९ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र चुनौतीका बारेमा जानकारी गराएकी थिईन् ।
संस्थाका सचिव मेनुका वैश्य जोशीले प्रगती विवरण प्रस्तुत गरेकी थिईन् । उक्त संस्थाको आर्थिक बर्ष २०७८, २०७९ मा कुल शेयर सदस्य (८४४, कुल शेयर पुँजी ३०,५९६८२्र रहेको छ भने निक्षेप रकम २,२६६१९९४्र रहेको छ । त्यसैगरी संस्थाले लगानी २,१६८६४३० लगाएको थियो जस मध्य यस बर्ष संस्थाले १, १२, ४१९्र ३४ नाफा कमाउन सफल भएको छ ।
ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभामा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष रेजिना मल्लले स्वागत गरेकी थिईन् । उनले सहकारीले धेरै उतार चढावहरुको सामना गर्न गरेको बताउँदै शेयर सदस्यहरू देखाएको विश्वासले आज २१ साधारण सभा मनाउन सफल भएको बताएकी थिईन् । उपाध्यक्ष मल्लले आफ्ना शेयर सदस्यहरूलाई समयमा बचत, व्याज, किस्ता बुझाउन आह्वान गर्दै संस्थाको आर्थिक उन्नतीमा टेवा पुर्याउन सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको पनि औंल्याएकी थिईन् ।
उक्त साधारण सभामा प्रमुख अतिथि जसबन्दी मगरनी, ज्येष्ठ नागरिक, श्री शिसम श्रेष्ठलाई वर्ष कै उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान पत्रबाट सम्मानीत गरीएको थियो । ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना नेपालगञ्जमा २०५९ साल जेष्ठ २४ गते २५ जना सदस्यहरूबाट सुरूवात भएको हो ।






