बाँके । नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य एवं पुर्व खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राजनैतिक संस्कार देखाएका छन् । उनले बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बाँके इन्चार्ज सुर्य ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राजनैतिक संस्कार देखाएका हुन् ।
गहतराजले आफ्नो समाजिक सञ्जाल फेसबुकमा ढाकाललाई बधाई दिएका तस्वीरहरु पोष्ट गरेका छन् । गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अथक ढकालसंग फरकिलो मतले पराजय भएका छन् । उनी ५ हजार ३ सय ९४ मतले नेकपा एमालेका उमेदवार एवं नव निर्वाचित प्रतिनीधि सभा सदस्य ढाकालसंग पराजय भएका हुन् ।
ढकालले २५ हजार २६ मत प्राप्त गरेका छन् भने नेकपा माओबादी केन्द्रका महेश्वर अथकले १९ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । निर्वाचन हार जीतको खेल मैदान हो भन्ने कुरालाई बुझेका अथकले आफ्ना प्रतिद्धन्द्धिका रुपमा रहेर विजयी भएका ढकाललाई फुल माला र अविर लगाएर सफलताको शुभकामना दिएका छन् । यस्तो राजनैतिक संस्कारलाई प्राय कमै नेताहरुले अनुशरण गर्ने गर्दछन् ।
अथकले सोही संस्कारलाई अनुशरण गर्दै आफ्नो राजनैतिक संस्कार देखाएका छन् । उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्,‘मंसिर ४ गते मतदान भइ आज मत गणना सम्पन्न हुँदा बाँके क्षेत्र नं. १ मा जुन परिणाम आएको छ । त्यसलाई सहर्ष स्वीकार गर्दै प्रतिनिधिसभा सदस्यमा मेरा मित्र नेकपा (एमाले) का नेता सूर्य प्रसाद ढकाल विजय हुनु भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
नव निर्वाचित प्रतिनीधि सभा सदस्य सुर्य ढकाललाई बधाई तथा शुभकामना दिंदै अथकले देखाए राजनैतिक संस्कार
नव निर्वाचित प्रतिनीधि सभा सदस्य सुर्य ढकाललाई बधाई तथा शुभकामना दिंदै अथकले देखाए राजनैतिक संस्कार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






