बर्दिया ७ मंसिर स् बर्दिया क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका लालविर चौधरी विजयी भएकाछन् । बुधवार सम्पन्न मत गणनामा एक सय ३५ मत अन्तरको अन्तरमा नल्का (धारा) चुनाव चिन्हबाट निर्वाचनमा होमिएका लालविरलाई नागरिक उम्मुक्ति पार्टीको समर्थन थियो । चौधरीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरे ।
चौधरीले २६ हजार ५ सय २० मत ल्याउँदा सुरेशले २६ हजार ३ सय ८४ मत ल्याए । यसैगरी नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गर्दा राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत पाए । यअसघि सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरेंसगैैं स्वतन्त्र उम्मेदवारी दिएका लालविरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो । लालविर रेशमका बुवा (पिता) हुन् । यसअघि २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले जित निकालेको थियो । यसैगरी बर्दिया क्षेत्र नम्बर– १ को प्रदेश सभा ‘क’ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भुवनेश्वर चौधरी बिजयी भएकाछन् ।
उनले नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई एक सय १९ मतको फरकमा पराजित गरे । चौधरीले १७ हजार २६ मत ल्यायर विजय हुँदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९ सय ७ मत ल्याए ।






