बाँके । बाँके क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभा सदस्य किशोर सिंह राठोर फराकिलो मतले अगाडी छन् । उनले १८ हजार ८६ मत ल्याएर नेकपा एमालेका किस्मत कक्षपतिलाई पछि पार्दै राठोर अगाडी छन् ।
४ हजार २ सय ५८ मतले अग्रता कायम गर्दै राठोरले अग्रता कामय गरिरहंदा किस्मत कुमार कक्षपतिले भने १३ हजार ८ सय २८ मत ल्याएका छन् । मतगरणा शुरु भई रहंदा नेकपा एमालेका किस्मत कक्षपतिले अग्रता कायम गरेका थिए ।






