रौतहट । रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजबादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि छन् । नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाएका छन् ।
योपनि पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् । कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गरेका हुन् ।






