काठमाण्डौ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् । निर्वाचनमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सबै मतदातालाई धन्यवाद दिएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो ।
त्यतिबेला ८१८ मतान्तरले सिंहले बाजी मारेका थिए। मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।






