काभ्रे । मतगरणा शुरु भएसंगै काभ्रे २ मा नेपाली कांग्रेसका शिव हुमागाईँले नै अग्रता कायम गरेका छन् । उनले नेकपा एमालेका गोकुल बास्कोटा पछाडि पार्दै अग्रता कायम गरीरहेका हुन् । यो समाचार तयार हुँदासम्मको गरणामा हुमागाईँले ८ सय ७७ मतले बास्कोटालाई पछाडि पारेका छन् । अहिलेसम्म हुमागाईँले ३ हजार २ सय ७३ र बास्कोटाले २ हजार ३ सय ९६ ले मत पाएका छन् ।
योपनि कास्की–२ को मतगणना शुरुः प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता
कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो । प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले अहिलेसम्म १ सय २३ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजबादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ । त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ ।
राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् ।






