काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा कांग्रेसका गगन थापाको अग्रता कायमै रहेको छ । थापाले दुई हजार भन्दा धेरै मतको अग्रता बनाएका छन् ।
१९ हजार ५८ मत खस्दा थापाले आठ हजार ७८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भटराइले ६ हजार ६४९ मत प्राप्त गरेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ४ मा ४५ हजार ५०२ मत खसेको छ ।






