बाँके । बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना भएसंगै नेकपा एमालेका किस्मत कुमार कक्षपतिको अग्रता रहेको छ । उनलाई नेपाली कांग्रेसका किशोरसिंह राठोरले पछ्याइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका किस्मत कक्षपतिले ४,४७ मत लिएर अग्रता कामय गरेका छन् ।
बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फ ९,७६९ मत गणना हुँदा एमालेका किस्मत कुमार कक्षपतिले ३,९५५ मत लिईरहंदा कांग्रेसका किशोरसिंह राठोरले भने ३,५०८ मत ल्याएका छन् । त्यसैगरी एमाले र कांग्रेस दुवैलाई पच्छयाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १,३०४मत पाएका छन् ।






