बाँके । बाँके क्षेत्र नं.१ एमाले प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले अग्रता लिएका छन् । दिउसो १ बजे बाट शुरू गरिएको मतगणना हाल सम्म १ हजार ६ सय मत गणना सम्पन्न गरिएको छ ।
हालसम्म गरणा भएको मतमा एमालेका सुर्य ढकालले ६ सय २२ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार महेश्वर गहतराज अथकले ३ सय ५८ मत प्राप्त गरेका छन् । त्यसैगरी जसपाले २ सय ८८ मत प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले १ सय ५ मत प्राप्त गरेका छन । त्यसै गरि अन्य पार्टी चुनाव चिह्न करूवा १, मिहला पुरूष १ शंक १,माछा १ मत प्राप्त गरेका छन ।त्यसैगरी बदर मत २ सय १३ पुगेको छ ।
यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको निर्वाचन कार्यालयले जानकारी गराएका छन् ।






