नेपालगन्ज । बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भोली हुने प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका लागि बाँकेमा निर्वाचनको तयारी पुरा भईसकेको बताए । निर्वाचन चुस्त दुरुस्त ढंगले सम्पन्न हुनेछ मुख्य निर्वाचन अधिकृत महराले हिमालय न्यूज हबसंगको कुराकानीमा बताए ।
उनले भने,‘निर्वाचन सुरक्षित र शान्त तरिकाले नै सम्पन्न हुनेछ । मतदान अधिकृतहरु आ– आफ्नो मतदान केन्द्रमा पुगि सक्नु भएको छ । निर्वाचन आयोगले दिएको सेडुल अनुसार तयारीलाई कडाईका साथ अगाडी हामीले पालना गरेका छौं ।’ निर्वाचनका लागि आयोगले ३ हजार ४० जना कर्मचारी, १५ सय स्वंयम सेवक कर्मचारीमतदान स्थलमा खटाएको स्वयम सेवक खटाइएको उनले बताए ।
मतदान शान्त र सुरक्षित वातावरणमा भएतापनि मतदानको दिन मतगरणाको समयमा थुप्रै चुनौती आउन सक्ने भएको हुनाले मतदातालाई स्वतन्त्र र भयरहित रुपले मतदान गराउनकालागि अनुगमनमा विशेष ध्यान दिएको प्रमुख निर्वाचन अधिकृत महराले बताए । बाँकेको ३ सय ८० वटै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी खटि सकेका छन् भने मतदान बुथ निर्माण गर्ने काम सम्पन्न भई सकेको छ ।
बाँकेमा १ सय ३८ मतदानस्थल मध्य १ सय २४ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । निर्वाचन सुरक्षाका लागि बाँकेमा २ हजार ५ सय ४१ सुरक्षाकर्मी खटाइएको छ भने १ हजार ५ सय ५९ म्यादी प्रहरी पनि खटिएका छन् ।






