काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन् । गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ? उनले प्रश्न गरे ।
शनिबार डडेलधुरामा भएको सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताए ।
हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताएका थिए ।






