काठमाण्डौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ । प्रतिनिधिसभातर्फका लागि १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फका लागि १ करोड १७ लाख ८२ हजार ५०० गरी जम्मा २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको हो ।
आयोगका अनुसार कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा मतपत्र ढुवानी गरिनेछ ।साथै ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।आयोगले कात्तिक ११ गते नै सुदूरपश्चि, कर्णाली र प्रदेश नं १ का जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानीको काम सुरु गरिसकेको थियो ।






