काठमाण्डौ । एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताएका छन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उनले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाए ।
उनले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताए । गठबन्धनले गएको शुक्रबारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ । योपनि दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।
घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आज आइतबार बेलुकी फेला पारेका हुन् । डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।






