बाँके । आसन्न मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहिता कायम गर्दै भयरहित ढंगले चुनाव सफल गराउन निर्वाचन आयोगले आग्रह गरेको छ । बिहीबार नेपालगन्जमा भएको मिडिया अभिमुखीकरण कार्यक्रम मार्फत निर्वाचनमा आचार संहिता कायम गर्दै भयरहित ढंगले चुनाब सफल गराउन आयोगले आग्रह गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोग नेपालले निर्वाचन पुर्व हुने क्रियाकलाप, निर्वाचनको समयमा हुने क्रियाकलाप, निर्वाचन पश्चातका हुने क्रियाकलापमा कडाइ गरेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश धनसिंह महराले बताए । उनका अनुसार कुनै पनि मतदातालाई मतदान गर्नबाट बञ्चित हुन नदिन आयोगको मुख्य लक्ष्य रहेको छ ।
मिडीयाले पनि सक्रियता देखाउदै सत्य, तथ्य समाचार सम्प्रेषण गरि निर्वाचनलाइ सफल गराउन उनले आग्रह गरे । निर्वाचन आयोगका आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले निर्वाचन अति सम्बेदनशिल कार्य रहेको बताउदै आचारसंहिताको उल्लंघन हुन नदिन मिडियाको “वाच डग” को भूमिका रहने बताए ।
उनले गएको स्थानीय निर्वाचन सम्पन्न गराउन मिडीयाको अतुलनिय निश्पक्ष कार्यले निर्वाचन सहज भएको बताउदै पुनः मिडीयाबाट निश्पक्ष भूमिकाको निरन्तरता आयोगले अपेक्षा गरेको बताए । आयुक्त तुलाधरले भने,“निर्वाचनलाई खर्चिलो हुन नदिन आयोगले कडाई गरेका छ । आयोगले बदर मत घटाउन मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरेका छन् ।
आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देशले निर्वाचन सम्पन्न गराउन सहजता मिल्ने बताए । निर्वाचन आचारसंहिता कायम गदै मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले सुझाब समेत दिएका छन् । मतदाताले स्वन्त्र भएर आफुले मुल्याक्ङन गरेको उम्मेद्वारलाइ मतदान गर्न पाउनुपर्ने मतदाताको अधिकार रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने ।
निर्वाचन आचारसंहिता कायम गर्दै आम मतदातालाइ जागरुक गराउन मिडीयाले स्वच्छ, निश्पक्ष, भयरिहत, स्वतन्त्र सूचना तथा समाचार सम्प्रेशण गरि निर्वाचनलाइ सहयोग पु¥याउन प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । नेपालमा १ करोड ६९ लाख ८८ हजार ५ सय ६० जना मतदाता मध्ये महिला ८८ लाख ४७ हजार ५ सय ७९, पुरुष ९१ लाख ४० हजार ८ सय ६, अन्य १ सय ८५ जना मतदाताहरु रहेको निर्वाचन आयोग नेपालका उपसचिव कमल ज्ञवालीले जानकारी गराए ।
निर्वाचन आयोगले कार्तिक १८ गते देखी मंसिर २ सम्मको समयअवधिमा मात्र आमसभा, कोणसभा, चुनाबचिन्ह सामाग्री प्रकाशन गर्न मिल्ने बताएको छ । आयोगले तोकेको १७ दिन बाहेक अन्य दिनहरुमा चुनाबी प्रचारप्रसार गरेको पाइएमा आयोगले कारवाही समेत गर्ने उनले भने । निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।






