काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफुसंग लाईभ बहसकालागि तयार हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले लाईभ बहस गरेर जनतालाई जवाफ दिनकालागि आफु तयार रहेको बताउँदै प्रधानमन्त्री देऊवालाई लाईभ बहसकालागि तयार हुनुहुन्छ भन्दै प्रश्न गरेका हुन् । उनले सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेज मार्फत देउवालाई यस्तो प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले आफ्नो आधिकारीक पेज फेसबुक मार्फत आज मङ्गलबार एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको जानकारी दिएका छन् । उनले लेखेका छन्,‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले लाइभ डिबेटमा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ । चुनावको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?
अध्यक्ष ओलीलेको उक्त स्टेटस् प्रति ९ हजारभन्दा धेरैले सर्मथनपुर्ण लाईक गरेका छन् भने २ हजारभन्दा माथिकाले प्रतिकृया दिएका छन् । धेरैले ओलीको उक्त चुनौतिपुर्ण स्टेटस्प्रति सकारात्मक प्रतिकृया दिएका छन् । त्यसमध्य लेख कार्कीले देउवासंग मात्र नभई प्रचण्डसहित तीनै जनाको बहस हेर्ने रहर भएको प्रतिकृया दिएका छन् । त्यसैगरी विशाल पौड्लले देउवा जि को आवाज बुझिदैन भन्दै यदि बहस गर्ने नै हो भने गगन सङ्ग गर्नुपर्यो भन्ने सल्लाह दिएका छन् ।






