बाँके, नेपालगञ्ज । सहकारीलाई कसरी व्यवस्थित रुपले सञ्चालन गर्न सकिन्छ भन्ने उद्येश्यका साथ नेपालगञ्जमा प्रदेश स्तरीय सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । सहकारीमा आवद्ध सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुलाई सहकारीको सञ्चालन र व्यवस्थापनका विषयमा जानकारी गराउँदै आईतबार नेपालगञ्जको सहकारी प्रशिक्षालयको भवनमा उत तालिम शुरु भएको हो । तालिमको उद्घाटन प्रशिक्षालय प्रमुख विनोद कुमार पौडेलले गरेका थिए ।
उनले सहकारीमा आवद्ध सबैलाई तालिममा सहकारी सम्बन्धि ज्ञानवद्र्धक कुरा सिकाईने बताए । प्रशिक्षालय प्रमुख पौडेल भन्छन्,‘हामीले सहकारी सम्बन्धि तालिमहरुको आयोजना गरी रहेका हुन्छौं । यस्ता तालिमहरुको आयोजना गर्नुको मुख्य कारण भनेको सहकारी संस्थाका संचालक, व्यवस्थापक र कर्मचारीलाई सहकारीको अर्थ, मूल्य, मान्यता, सिद्धान्द्ध, नियम, कानून, अभिलेख व्यवस्थापन, बचत व्यवस्थापन, क्रृण व्यवस्थापन लगाएत समग्र व्यवस्थापन कसरी गर्ने र गराउने भन्ने उद्येश्यमा केन्द्रित गराउने हो ।’
उक्त तालिमको पहिलो दिन सहभागीहरुमा सिकाई तथा क्षमता विकास प्रति उत्सुकता एवं जागरुकता रहेको प्रशिक्षालय प्रमुख पौडेलले बताए । उनका अनुसार प्रदेश स्तरीय तालिम भएको हुनाले उक्त तालिममा ८ ओटा जिल्लाका सहकारी संस्थामा आवद्ध २८ जना कर्मचारी, व्यवस्थापक तथा पदाधिकारीहरुको सहभागीता रहेको प्रशिक्षालय प्रमुख पौडेलले बताए । तालिमको उदघाटन समारोहमा सहभागीहरुलाई स्वागत सहकारी प्रशिक्षालय पुर्ण बहादुर खत्रीले गरेका थिए ।
बिहीबार समापन हुने उक्त तालिमलाई प्रशिक्षालयका सहायकस्तर पाँचौं गोपाल पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सहकारी प्रशिक्षक भोजलाल थारु तथा कम्प्यूटर अपरेटर जागेश्वर थारुको समेत उपस्थिति रहेको थियो । पाँच दिनसम्म सञ्चालित उक्त तालिम बिहीबार समापन हुने प्रशिक्षालयका प्रमुख एवं प्राचार्य विनोद पौडेलले जानकारी दिए ।
नेपालगञ्जमा सहकारी व्यवस्थापन तालिम शुरु
नेपालगञ्जमा सहकारी व्यवस्थापन तालिम शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






