काठमाण्डौ । नेकपा एमालेले बाँकेका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएपछि आइतबार उम्मेदवारी दर्ताको तयारी गरेको छ । नेकपा एमालेले चुनावी तालमेलका लागि अन्य दललाई सिट छाडेर उम्मेदवार टुंगो लगाएको हो । जस अनुसार, बाँके प्रतिनिधिसभा क्षेत्र न १।मा सुर्य ढकाल, क्षेत्र नं। ३ मा किस्मत कुमार कक्षपति उम्मेदवार हुने भएका छन् ।
बाँके क्षेत्र न १ ख मा दुर्गा चौधरी, क्षेत्र नं. २ क र ख मा बिजय यादव र निरक गुरुङ र ३ क र ख मा रत्न खत्री र भिम ओली उम्मेदवार हुने भएका हुन् । एमाले बाँकेका निर्वाचन कार्यालय टीम संयोजक दीपक कुमार बर्माले आइतबार उम्मेदवारीका लागि तयारी भएको बताएका छन् । उनले निर्वाचन क्षेत्र नम्बर १,२,३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गर्न जानका लागि केन्द्रिय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी, नगर कमिटि तथा वडा कमिटीका सदस्य तथा जनवर्गीय संगठनका सदस्यलाई उपस्थितिका लागि सूचना जारी गरेका छन् ।
संयोजक बर्माका अनुसार आइतबार दिउँसो १२ बजे, निर्वाचन क्षेत्र नं. १ र ३ का लागि दिउँसो १ बजे भेला भएर उम्मेदवारी दर्ताका लागि नेता तथा कार्यकर्ता निर्वाचन कार्यालय पुग्नेछन् । क्षेत्र नं १ का उम्मेदवारी दर्ताका लागि चप्परगौढीमा, क्षेत्र नं २ मा उम्मेदवारीका लागि जान पार्टी जिल्ला कार्यालय र क्षेत्र नं ३ मा उम्मेदवारीका लागि पार्टी अध्यक्ष किस्मत कक्षपतिको घर अगाडि भेला भएर जाने नेकपा एमालेले जानकारी दिएको छ ।






