ताप्लेजुंग । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेका नेता एवं सचिव योगेश भट्टराईले उम्मेद्धारी दर्ता गराएका छन् । उनले आईतबार ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनीसंगै ताप्लेजुङ जिल्लाको प्रदेश (क) मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश (ख) मा नेकपा एमालेका नेता गोपाल थोप्राले उम्मेदवारी दर्ता गराएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई मान्यता दिंदै उम्मेदवारी दर्ता गराएको उनले बताए । नेता भट्टराईले आफ्नो उम्मेदवारी मुलभूत रुपमा विकासका पूर्वाधारका कामलाई अगाडी बढाउनकालागि रहेको उनले बताएका छन् । ताप्लेजुंग आफैमा एउटा सम्भावना बोकेको पाहाडी जिल्ला भएको हुनाले जहाँ मुलुकको आर्थिक उत्पादनलाई जोड्नकालागि, कृषि उत्पादनलाई जोड्नकालागि, पर्यटकीय कुराहरुलाई प्रर्बद्धन गर्नुका साथै विकासका धेरै कामहरु अधुरो नै भएको हुनाले ती सबै कुरालाई आफुले पुरा गर्नका लागि उम्मेदवारी दर्ता गराएको बताए ।
नेता भट्टराईले ताप्लेजुंग जलश्रोतको धनी जिल्ला भएको बताउँदै त्यसलाई अत्याधिक रुपमा उपयोग गरेर विद्युत, खानेपानी, सिंचाई लगाएतका विषयमा ताप्लेजुगलाई माथि उठाउन सकिने उनले बताए । उम्मेदवारी दर्ता गराएसंगै नेता भट्टराईले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध समेत गरेका छन् । साथै उनले देश तथा बिदेशमा रहेका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा पनि व्यक्त गरेका छन् ।
विकासको सम्भावना बोकेको ताप्लेजुंगलाई मुलुककै धनी जिल्ला बनाउनको लागि मेरो उम्मेदवारी होः एमाले नेता भट्टराई
विकासको सम्भावना बोकेको ताप्लेजुंगलाई मुलुककै धनी जिल्ला बनाउनको लागि मेरो उम्मेदवारी होः एमाले नेता भट्टराई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






