मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिएका छन् । थापाले आज आइतबार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिएका हुन् । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो ।
थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहेका छन् । मकवानपुरका अरू सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ । योपनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । आइतबार अपराह्न आमा हिसिला यमीसँगै बालाजु पुगेर मानुषीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्दैछन् । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदैछन् ।






