दाङ । नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु (सत्गौवा) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनले आज आइतबार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीले टिकट नदिएपछि गंगाले गएको शुक्रबार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिईन् ।
उनले लेखेकि थिईन्,‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
राष्ट्रिय स्वाधिनताका विषयमा गंगाले सांसद हुँदा प्रतिनीधि सभाको भवनबाट होस् या मिडियाले दिने जवाफ दिंदा होस् सधैं खरो र स्पष्ट रुपमा आफ्नो विचारहरु राख्दै आईरहीन् । उनको त्यही विचारलाई मन पराएर उनका समर्थकहरु धेरै छन् सामाजिक सञ्जालमा । खरो र स्पष्ट वक्ता गंगा थारुले आफ्नो मनमा लागेका कुराहरु राख्नलाई कहिल्यै कसैसंग झुक्नु परेन ।
राजनीतिमा भन्दा पनि उनका विचारहरु सुन्ने उनका दर्शक र जनताहरु नै गंगाका समर्थक बनेका छन् । उनी तिनै समर्थकको भरोसामा एमाले परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारीको रुपमा आफुलाई उभ्याएकी छन् । उनले आफुलाई देश भक्ति दाबी गर्दै देशलाई आफ्नो शिरमा राखेर स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा उत्रिएको बताएकी छन् ।






