काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेको हुनाले आफुलाई चिन्ता लागेको बताएका छन् । बिहीबार अखिल नेपाल महिला संघ (समाजबादी) ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रुपमा बढ्दै गईरहेको हुनाले आफुलाई चिन्ता लागको बताएका हुन् ।
उक्त विषयमा टिप्पणी गर्दै नेता नेपालले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताए। उनले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताए ।
उनले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए । उनले भने,‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरु तयार गर्न सकियोस् ।
समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडी बढाउन सकियोस् । किनभने हामी नै सबै हिसावले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन् ।
त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरुजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आँफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौँ ।’






