नेपालगञ्ज । सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्राचार्य विनोद पौडेलले सहकारीको वित्तिय विश्लेषण तथा वित्तिय अनुगमन गर्न सहकारी पल्र्स तालिमले सहयोग गर्ने बताएका छन् । शनिबार सहकारी प्रशिक्षालय बाँकेको आयोजनामा सञ्चालित ४ दिने सहकारी पल्र्स तालिमको समापन गर्दै निम्त्ति प्राचार्य पौडेलले यस्तो बताएका हुन् ।
५ असोजदेखि सञ्चलित उक्त तालिममा लुम्बिनी प्रदेशका ७ जिल्लाका सहकारी सञ्चालक र व्यवस्थापकको सहभागीतामा रहेको थियो । तालिमको अन्तिम दिन निमित्त प्राचार्य विनोद पौडेलले तालिमको उद्येश्यका बारेमा प्रकाश पार्दै सहभागीहरुलाई आगामी दिनमा सहकारी सञ्चालन र व्यवस्थापनकालागि उत्साह प्रदान गरेका थिए । उक्त तालिममा २२ जनाको सहभागीता रहेको थियो ।
सो तालिमबाट संस्थागत तथा व्यक्तिगत क्षमताको अभिबृद्धि भएको तालिममा सहभागी भएका सहकारी सञ्चालक र व्यवस्थापकहरुले बताएका थिए । तालिमको प्रशिक्षकका रुपमा विनोद पौडेल, विश्वलाल खड्का र गोपाल पौडेल रहेका थिए । सहकारी प्रशिक्षालय बाँकेले लुम्बिनी प्रदेश भरी रहेका सहकारी सञ्चालक र व्यावस्थापकहरुलाई नियमित रुपमा यस्ता तालिमको आयोजना गर्दै आईरहेको छ ।






