बाँके । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले कानुनी परिबन्दमा परेर बाल सुधार गृहमा रहेका बालकहरुलाई संयम अनि अनुशासन भएर आफनो ब्यत्तित्व बिकास गर्न अनुरोध गरेकी छन् । बाँकेको डुडुवा गाउपालिका वडा नं ६ अस्मानपुरमा रहेको जयेन्दु बाल सुधार गृहको नवनिर्मित भवनको बुधबार उदधाटन गर्दै मन्त्री रेग्मीले बालबालीकाको अधिकारका सवालमा सरकार गम्भीर रहेको स्पष्ट पार्दै उनले बाल सुधार गृहमा रहेका बालकहरुलाई संयम अनि अनुशासन भएर आफनो ब्यत्तित्व बिकास गर्न अनुरोध गरेकी हुन् ।
‘बाल अधिकार प्रत्याभुतीको सवालमा हामी कुनै सम्झौता गर्दैनौ कानुनी सजाय आफनो ठाउँमा भएपनि बाल सुधार गृहमा रहेका बालकहरुले बालअधिकारको प्रत्याभुती पाउनुपर्छ । सुधार गृह भनेको गरेको गल्तीलाई सुधार्ने ठाउँ हो । यो सजाय काट्ने ठाउँ होईन ।’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रेग्मीले भनिन्,‘सुधार गृहमा रहेका बालकले एक अर्काबाट धेरै कुरा सिक्दै सकारात्मक सोचाईका साथ भबिष्यमा वकिल डाक्टर इन्जिनियर लगायत सफल ब्यक्ति बन्ने प्रणका राम्रा कुरा ग्रहण गर्नु्स् ।’
उनले कानूनी बिवादमा परेका बालबालिकाको मुद्धामा अदालतले बालन्यायको यथोचित सम्बोधन गर्ने बताइन् । सुधारगृहबाट छुटेर घर गएर के गर्ने भन्ने बारेमा पहिल्यै योजना बनाउन सुझाव दिदै मन्त्री रेग्मीले आँखा खुल्ने, गल्ती महसुश गराउने भएकाले पढाईमा ध्यान दिन बालकहरुलाई सल्लाह दिइन् । कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले बालन्यायको मर्म अनुसार कानूनी बिवादमा परेका बालबालिकालाई उनीहरुले गरेको गल्तीको महसुस गराई असल नागरिक बनाउन र समाजमा पुर्नस्थापित गराउन सबै सरोकारवाला निकाय गंभिर भई लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमा बोल्दै समाजसेवी जयकेश सिंहले देशभरिका ८ बालसुधार गृह मध्ये बाँकेको बालसुधार गृह उत्कृष्ट रहेको बताए । बालसुधार गृहमा स्कूल भए पनि बिद्यालयले सरकारी अनुमति नपाएको, प्रर्याप्त शिक्षक नभएको भन्दै बिद्यालयको अनुमति, हाईमार्ट बत्तिको ब्यवस्था, बालकहरुलाई जिवन उपयोगी शिपमुलक शिक्षाको ब्यवस्था हुनु पर्नेमा जोड दिए । बालसुधार गृहमा सिमित श्रोत साधनका बाफजुत बालबालिकाको हितलाई मध्यनजर राखेर कार्य गरिरहेको छ । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल २१२ जना बालक रहेका छन् ।






