बर्दिया । बर्दियाको बढैयाताल स्थित शारदा बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठीले यसै वर्षदेखि सोही क्याम्पसमा परीक्षा केन्द्र सञ्चालन गर्ने बताएका छन् । उनले हिमालय न्यूज हबसंग कुराकानी गर्दै विगतका वर्षहरुमा उक्त क्याम्पसका विद्यार्थीहरु परिक्षा दिनकालागी अन्यत्र जानु पर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्दै यसै वर्षदेखि आफ्नै क्याम्पसमा परीक्षा केन्द्र सञ्चालन गर्ने बताएका हुन् ।
भाद्र २९ गते मंगलबार सम्पन्न ब्यवस्थापन समितिको साधारण सभाले त्रिपाठीलाई पुनहः अध्यक्षमा चयन गरेको हो । सर्बसम्मतीबाटै अध्यक्षमा दोहोरिएका त्रिपाठीले अबको कार्यकालमा शारदा बहुमुखीको पठन पाठनमा विशेष ध्यान दिने बताउँदै क्याम्पसको जग्गालाई पुर्जा प्राप्त गराउने बताए । त्रिपाठीको अध्यक्षतामा आठ सदस्यीय संचालक समिति सर्बसम्मत चयन गरिएको छ ।
भदौ २१ गते बसेको साधारण सभाले निर्धारण गरेको निर्वाचन तालिका अनुसार बुधबार सम्पन्न निर्वाचन प्रकृया बमोजिम आठ जना प्रत्यक्ष र चार जना संचालक समितिले मनोनित हुने ब्यबस्था भए अनुसार प्रत्यक्ष तर्फ निर्बिरोध कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्मतिद्धारा चयन गरिएको समितिको उपाध्यक्षमा शिवहरी पौडेल,
कोषाध्यक्षमा गोबिन्द त्रिपाठी, सदस्यहरुमा चन्द्रकला त्रिपाठी, साबिर हुसेन खाँन, जानकी चौधरी, भक्तराम थारु र रामशाही चौधरी रहेका छन् । शारदा बहुमुखी क्याम्पसको निर्वाचन तालिका अनुसार आवश्यक संख्या भन्दा बढी कुनै पनि पदमा उम्मेदवारी नपरेपछि तिन बर्षे कार्यकालका लागि संचालक समिति निर्बिरोध चयन भएको जनाईएको छ ।






