बाँके, नेपालगञ्ज । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका महामन्त्री तथा नेपालगञ्ज उपमहानगर पालिकाको पुर्व मेयर डा. धवल शम्शेर राणाले आसन्न मंसिर ४ मा हुन गई रहेको प्रदेश र संघको निर्वाचनमा राप्रपामा एकताको भावना हुन आवशयक रहेको बताए । मंगलबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको प्रथम अधिवेशनको उदघाटन सत्रमा बोल्दै महामन्त्री राणाले एकताले नै राप्रपालाई बलियो बनाउने भन्दै महिला संगठनमा आबद्ध सबैलाई निर्वाचनमा ऐकेबद्धता जनाउन आग्रह गरे ।
नेपाली जनताले राप्रपालाई एउटा जिम्मेवार नेता र जिम्मेवार पार्टीको रुपमा देश निमार्णकालागी वैकल्पिक शक्तिको रुपमा लिएको बताउँदै महामन्त्री राणाले जनताले गरेको त्यही विश्वासलाई कायम गर्न राप्रपामा आवद्ध सबैलाई एक जुट हुनु पर्नेमा कार्यकर्ता र नेताको जिम्मेवारी भएको औल्याए । उनले भने,‘नेपाली जनताले राष्ट्र निमार्णको लागि राप्रपालाई वैकल्पिक शक्तिको रुपमा विश्वास गरेका छन् । त्यो विश्वासमा खरो उत्रनको लागि हामी कार्यकर्ता र नेताहरुले जिम्मेवारपुर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता छ ।’
उनले संविधानले महिलाहरुलाई प्रभावकारी भूमिका खेल्ने व्यवस्था गरेको र पार्टीले पनि महिलाहरुलाई ३३ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको हुनाले देश बनाउने अभिभारा अब महिलाहरुको काँधमा आएको बताए । महामन्त्री राणाले मधेशी र मुुस्लि समूूदायको छोरीहरुको उच्च शिक्षाकालागि क्याम्पसको व्यवस्था हँदै गरेको जानकारी गराउँदै प्रत्येक घरमा महिला शिक्षित हुनु पर्नेमा जोड दिए । सबै छोरीहरुलाई छोरा सरह पढाउन आग्रह गर्दै पढेलेखेका छोरीले मात्र समाज रुपान्तरण गर्नमा अग्रणी भूमिका निभाउने उनको भनाई थियो ।
आफ्नो क्षमतालाई उजागर गराउनका लागि अभिभावकहरुलाई पनि उनले आग्रह गर्नुका साथै छोरी पढाउने अभियानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले आज चयन गर्ने नयाँ कार्यसमिति स्व स्फुर्त रुपले आफ्नो विवेक प्रयोग गर्ने कुरामा विश्वास व्यक्त गरे । साथै उनले पदिय दायित्व लिनलाई मात्र अग्रसर नभएर जिम्मेवारीलाई पुर्ण रुपले निष्पक्ष भएर पुरा गर्न सक्ने नेतृत्व चयन गर्न सुझाव दिए । आफ्नो निर्णय आफै गर्न सक्ने क्षमताको अभिवृद्धिका लागि महिला स्वयम नै सकृय हुनु पर्ने उनले बताएका थिए ।
राप्रपा महिला संगठनको प्रथम अधिवेशनमा पार्टीको केन्द्रिय सदस्य तथा प्रजातान्त्रिक महिला संगठनका केन्द्रिय अध्यक्ष अन्जना रावलले राप्रपाका प्रत्येक महिलाहरुले कानूनमा दक्षता राख्न आवश्यक रहेको बताईन् । उनले पछिल्लो समयमा घटेका नाबालिग बलत्कार घटनाहरुको प्रशंगलाई जोड्दै अपराधीहरु खुलेयाम घुमिरहेको र पिडित अझैंपनि पिडित नै भई रहेको बताउँदै यस्ता घटनाहरुमा रप्रपाका महिलाहरुले कानून जान्न र बुुझ्न आश्यक रहेको बताईन् ।
महिलाहरुले चुल्हा र चौका सम्हाल्दै राजनीतिमा होमिएर पुरुषसंगै काँधमा काँध मिलाएर देश हाँक्न आवश्यक रहेको भन्दै महिलाहरुको भूमिकालाई उजागर गरेकी थिईन् । सबै मिहलाहरु एक साथ हुन आवश्यक रहेको भन्दै अध्यक्ष लिंगदेन पाएकोमा आफुलाई गर्व लागेको बताईन् । उनले देशैभरी राप्रपाको झण्डा फहराउने बेला भएको भन्दै महिला संगठनले पनि आफ्नो झण्डा फहराउनका लागि लागि पर्न आवश्यक रहेको बताईन् ।
महिलाबीच समनताको आवश्यकतना औल्याउँदै महिलाले नै महिलाको खुट्टा तान्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको बताईन् । साथै उनले सक्षम र अब्बल महिला नेतृत्वकालागि आफुलाई तयार गराउन सबै महिलाहरुलाई आग्रह पनि गरिन् । राप्रपाका सहायक महामन्त्री ऋिषीराज देवकोटाले महिलाहरुको हक संरक्षण गर्नको लागि पार्टी सधैं लागि पर्ने बताए । महिलाहरु घरदेखि नै एकताबद्ध भएर अगाडी बढ्न आग्रह गरे । उनले राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई चलायमान गर्नकालागि र हाँक्नकालागि सबै महिलाहरु सक्षम भएको बताए ।
कुुनैपनि नेतालाई मन्त्री बनाउनकालागि महिलाहरु प्रयोग नहुन सजग गराउँदै सहायक महामन्त्री देवकोटाले महिला पार्टीको आधा अंग महिला भएको भन्दै महिलाको कार्यक्रममा उपस्थित महिलाहरुलाई हौसाला प्रदान गरेका थिए । साथै उनले देशले चिन्न सक्ने अबको नयाँ नेतृत्व र नयाँ कार्यसमिति यो अधिवेशनबाट छनौट हुने विश्वास व्यक्त गरे । त्यसैगरी अधिवेशनको उदघाटन सत्रमा राप्रपाका केन्द्रिय सदस्य एवं महिला संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष पवित्रा सुब्बाले आफ्नै सुझ बुझले महिला उम्मेद्धार छान्नु आवश्यक रहेको बताईन् ।
महिलालाई पार्टीका कुनैपनि पुरुष नेताहरुबाट निर्देशित हुन आवश्यक नरहेको बताउँदै केन्दिय सदस्य सुब्बाले एउटा प्रजातन्त्रिक प्रकृयाबाट जिल्ला स्तरको महिला संगठन विस्तार हुन गई रहेको यो समय महिलाहरुको क्षमता अभिवृद्धिका लागि पार्टीले मुल्यांकन गर्ने समय रहेको बताईन् । राप्रपाका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले कार्यक्रममा सहभागी महिलाहरुको उपस्थितीलाई देखर आफुलाई पार्टीको संगठन मजुुबद भएको बताए । उनले राप्रपाले कुनै पनि महिलाहरुलाई काखा र पाखा नगरेको बताए । साथै उनले सबल र सक्षम महिलालाई अवसर दिईने बताए ।
अध्यक्ष पौडेलले आजको अधिवेशनले बाँकेको महिलाहरु सक्षम छन् भन्ने कुराको उदाहरण देशव्यापि हुनुु पर्ने बताए । उनले पार्टीमा अुनशासनको मर्यादा कायम राख्नु पर्ने बताउँदै महिलाले आफ्नो हक अधिकारको कुरा, र आफुले चाहेको कुरालाई राप्रपाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा पर्टीका केन्द्रिय सदस्य मिना श्रेष्ठले पनि महिलाहरुलाई पार्टीले मिलाएर लैजानमै जोड दिईन् ।
अधिवेशनको उदघाटन सत्रलाई समान गर्नु अघि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेकी निर्वतमान अधयक्ष इन्दिरा शाहीले सिंगो पार्टी र संगठनमा महिलाहरुको उचित मूल्यांकन नेताहरुले गर्नु पर्ने बताउँदै महिलाहरुलाई उम्मेदारी चयनकालागी निर्देशन दिने नभएर सुझाव दिन आग्रह गरेकी थिईन् । साथै उनले केन्द्रिकृत शासन प्रणालीमा पुरुष पुग्न सक्छ भने महिला किन पुग्न सक्दैन भनेर पार्टीका नेताहरुलाई प्रश्न गरेकी थिईन् ।
अध्यक्ष शाहीले महिलाहरुलाई नेतृत्व तहमा पुग्नकालागी स्वतन्त्र भएर राजनीति गर्न दिनु पर्ने बताउँदै महिलाले पनि आफ्नो निर्णय आफै लिन सक्ने बताईन् । महिला संगठन बाँकेका सचिव तारा वलीद्धारा ३ वर्षमा संगनद्धारा प्राप्त गरिएको उपलब्धिलाई प्रस्तुत गरिएको थियो ।
उक्त उलब्धिमुलक प्रतिबेदनमा विभिन्न संगठन बिस्तारका लागि कमिटि गठन गर्नुका साथै विभिन्न पार्टीबाट राप्रपामा प्रवेश गरेको कुरा उल्लेख गरिएको थियो । उनले महिला संगठनको भवन निमार्णका लागि पहल गरिएको कुरा पनि प्रतिबेदनमा उल्लेख गरिएको थियो । उक्त प्रतिबेदनमा बलात्कार, हत्या, हिंसा जस्ता जघन्य अपराधका विरुद्धमा ४ पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको कुरा पनि उल्लेख गरिएको थियो ।






