नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखे्रलले राष्ट्र निर्माणका लागि आफ्नो पार्टी नेकपा एमालेको जीत आवश्यक भएको बताए छन् । विकासको नेतृत्व नेकपा एमाले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएको बताउँदै सोमबार एमाले बाँकेद्धारा आयोजित निर्वाचन अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।
एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने उनले दाबी गरे । देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गर्दै महासचिव पोख्रेलले एमालेको सरकार आएको खण्डमा विकासको आयम ल्याउने बताए ।
उनले विकासको नेतृत्व नेकपा एमालेले गर्ने भएकाले चुनावीको उद्देश्य देश विकास नै भएकाले जनतालाई उद्देश्य बुझाउनु पर्नेमा जोड दिए । उनले नेकपा एमाले बोकेको नीति र उद्देश्य जनतालाई बुझाउँदै ८ लाख पार्टी सदस्यले काम गर्ने हो भने नेकपा एमाले एक्लैले गठबन्धनलाई पराजित गरी बहुमत ल्याउने बताउँदै देश बनाउनका लागि जनमत प्राप्त गर्न जरुरी रहेको उल्लेख गरे ।
महासचिव पोख्रेलले नेकपा एमालेको सरकार आएको खण्डमा विकासको आयम ल्याउने विश्वास व्यक्त गरे । महासचिव पोख्रेलले मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसंग जोडिएको निर्वाचनका रुपमा विशलेषण गर्न जरुरी रहेको बताए । सो अवसरमा महासचिव पोख्रेलले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश नेता कार्यकर्तालाई स्वागतसमेत गरेका थिए ।
गठबन्धनबाट देश बन्दैन भन्ने निश्चित भइसकेको भन्दै देश बनाउने पार्टी एमाले मात्रै हो भन्ने सन्देश जनतामाझ पुगेको छ उनले बताए । महासचिव पोखरेलले आगामी निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको बताए । एमाले नेतृत्वको सरकारले विकास निर्माणमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको वताउँदै देशको रणनीतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति नै भएको पोखरेलले दावि गरेका छन् ।
आगामी मंसिर ४ गतेको निर्वाचन व्यक्तिको जित हारको निर्वाचन मात्र नभई राष्ट्रको भाग्य र भविष्यसँग जोडिएको निर्वाचनका रुपमा विश्लेषण गर्न जरुरी रहेको बताए । सो अवसरमा महासचिव पोख्रेलले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत समेत गरेका थिए । महासचिव शंकर पोखरेलले लुम्विनी प्रदेशको एकमात्र विश्वविद्यालय एमाले नेतृत्वको प्रदेश सरकारले बाँकेबासीलाई उपहार दिएको समेत उनले उल्लेख गरे ।
एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका नेपाली काँग्रेसका प्रभावशाली नेता जाकिर खाँ, डा. गौरांग प्रतिक लगायतका व्यक्तिहरूलाई महासचिव पोखरेलले एमालेमा प्रवेश गराएका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जिल्ला पदाधिकारी प्रदेश कमिटी पालिका कमिटी लगाएतको सहभागिता रहेको थियो ।






