नेपालगञ्ज बाँके । ‘क्लीन नेपालगन्ज ग्रीन नेपालगन्ज’ अभियान मार्फत विभिन्न सामाजिक अभियानमा सक्रिय प्लास्टिक सर्जन डा. विनोद कर्णले साढे दुई बर्ष अगाडी नेपालगञ्जमा स्थापना भएको ‘नाथम’ मा पठन पाठन शुरु हुन नसक्नु विडम्बना भएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्ट मार्फत पर्यटन तथा होटेल ब्यवशाय क्षेत्रमा टेवा पुर्याउने उद्येशयले स्थापना गरिएको ‘नाथम’ मा पठन पाठन शुरु हुन नसक्नु विडम्बना भएको बताएका हुन् ।
‘नाथम’ नेपालगन्जमा खोलिनु यो आफैमा नेपालगन्ज तथा सम्पुर्ण बाँकेबासीको लागी गर्वको कुरा रहेको उल्लेख गर्दै डा. कर्णले नाथमले पर्यटन तथा होटेल ब्यावशाय क्षेत्रमा टेवा पुर्याउने पनि बताएका छन् । उक्त कलेजबाट उत्पादित जनशक्ति बिदेशमा पनि उत्तिकै प्रख्यात छन् । सोही कलेज नेपालगन्जमा खोलिनु यो आफैमा नेपालगन्ज तथा सम्पुर्ण बाकेबासीको लागी गर्व को कुरा भएको उनी बताउँछन् ।
डा. कर्णले नेपालगञ्जमा ‘नाथम’ स्थापना भयो भने यस्ले एउटा बिशिष्ट प्रकारको बौद्धिक जमात जन्माउने बताउँदै यस क्षेत्रका युवाहरूलाई एउटा दक्ष जनशक्तिमा रुपान्तरण गरी रोजगारीको स्वर्णिम अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । जस्ले गर्दा नाथमकै कारण नेपालगञ्ज समग्र दिगो बिकासमा एउटा कोशेढुङ्गा साबित हुने उनी बताउँछन् ।
यस्का साथै उनले झण्डै साढे दुई बर्ष अगाडी नेपालगन्ज्मा स्थापना भएको यो कलेजमा अहिले सम्म पठन पाठन शुरु हुन नसकेकोमा चिन्ता र चासो पनि व्यक्त गरेका छन् । ‘नाथम’ पर्यटन तथा होटेल ब्यवशाय क्षेत्रमा टेवा पुर्याउनका लागि दक्ष जनशक्ति उत्पादन गर्न आजभन्दा झण्डै ४ दशक अगाडी (सन १९७२मा) नेपाल सरकारद्वारा खोलिएको शैक्षिक संस्था हो । डा. कर्णद्धारा लेखिएको कुरा तल उल्लेख गरिएको छ ।






