बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको एक मात्र क्याम्पसको रुपमा रहेको मैनापोखर शारदा बहुमुखी क्याम्पसको सातौ साधारणसभामा तथा अधिवेशनको उदघाटन सत्र सप्पन्न भएको छ । मंगलबार सोही क्याम्पसको प्रांगढमा क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठिको सभापतित्वमा क्याम्पसको सातौ साधारणसभामा तथा अधिवेशनको उदघाटन सत्र सप्पन्न भएको हो ।
प्रमुख अथितिका रुपमा उपस्थित भएका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले मैनापोखर शारदा बहुमुखी क्याम्पसको अधिवेशनले चुस्तदुरुस्त रुपमा सक्षम नेतृत्व चयनकालागी शुभकामना दिनुका साथै यस क्याम्पसको शैक्षिक क्षेत्र सुधारका लागि प्रतिबद्धता व्यक्त समेत गरेका थिए । साधारणसभाको उदघाटन कार्यक्रमका प्रमुख अतिथिबाट पानसमा बत्ति बालेर गरिएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा क्याम्पसको प्रतिबेदन क्याम्पसका अध्यक्ष प्रेमराज त्रीपाठीले प्रस्तुतर गरेका थिए भने आर्थिक प्रतिबेदन क्याम्पसका प्रमुख पुष्प बहादुर रावलले प्रस्तुत गरेका थिए । यही भाद्र २८ गते सारिएको अधिवेशनका लागि ५ जनाको निर्वाचन मण्डल गठन गरिएको छ । उक्त निर्वाचन मण्डलमा ढाकाराम लामिछाने, रविन्द्र लम्साल, बेनीमाधव पौडेल, गणेश लम्साल र हरी पौडेल रहेका छन् ।
गाउँपालिका अध्यक्ष हिमालय त्रीपाठीले छात्राहरुकालागी सेनिटरी प्याडको व्यवस्था पालिकाले गरिदिने बताए । आर्थिक अवस्था कम्जोर भएर उच्च शिक्षा हाँसिल गर्न नसकेका छात्राहरुकालागी पालिकाद्धारा उनीहरुको पठन पाठनका लागि आर्थिक सहयोग उपलब्ध गरिदिने पनि पालिका अध्यक्ष त्रीपाठले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा आफ्नो भनाई राख्दै अथितिहरुले शैक्षिक संस्थामा राजनीति नगर्न सुझाव दिएका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य भुबनेस्वर चौधरी ,बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठि उप प्रमुख लक्ष्मी अधिकारी, बढैयातालका कार्यकारि प्रमुख दानबहादुर एेडि, निर्वाचित वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका अध्यक्षहरु, संघ संस्थाका प्रतीनिधिहरु, शिक्षक, विद्यार्थी, क्याम्पसका आजीवन तथा साधारण सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
शारदा बहुमुखी क्याम्पस मैनापोखरको साधारण सभा सम्पन्न, अधिवेशन भाद्र २८ हुने
शारदा बहुमुखी क्याम्पस मैनापोखरको साधारण सभा सम्पन्न, अधिवेशन भाद्र २८ हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






