नेपालगन्ज । मंसिर ४ गते तोकिएको प्रदेश र संघिय निर्वाचनमा नेकपा एमालेले जनतासंग गठबन्धन गर्ने एमालेका पोलिटव्युरो सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज सूर्य थापाले बताएका छन् । आईतबार प्रेस चौतारी बाँकेको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा थापाले आउँदै गरेको प्रदेश र संघिय निर्वाचनमा नेकपा एमालेले जनतासंग गठबन्धन गर्ने बताएका हुन् ।
निर्वाचनलाई लक्षित गरेर देश दौडाहमा हिंडेका एमालेका पोलिटव्युरो सदस्य थापा आगामी निर्वाचनमा बहुमत लिएर सरकारमा जाने बताए । थापाले सत्तापक्षहरुले एमालेको डरले गठबन्धन गरेको र निर्वाचनको मिति घोषण भएसंग गठबन्धनको सरकार केवल काम चलाउको सरकार भएको बताए । पत्रकार सम्मेलनमा उनले काम चलाउ सरकाले महत्वपूर्ण निर्णय गर्ने नपाउने उनको भनाई थियो ।
अबको निर्वाचन नेकपा एमाले भर्सेस अन्य पाँच दलको टक्करमा हुने र त्यसले परिणाम निकै फरक ल्याउने उनले बताए । सत्ता स्वार्थकालागी, अवसरबादकालागी, अप्राकृतिक रुपमा गरिएको पाँच दलले फागुन १५ पछि निर्वाचन गराउन खोजेको थापाले आरोप लगाए । नेकपा एमालेलाई हराउनकैलागी अन्य दलहरु एकै ठाउँमा उभिएको बताउँदै जति सुकै ठूलो गठबन्धन गराएर अन्य दिल अघि बढेतापनि त्यसको कुनै औचित्य नभएको उनको भनाई थियो ।
एमालेले गठबन्धनबाट नमिठो फल चाखेको बताउँदै फेरी त्यही नमिठो फलको स्वद चाख्नकोलागी अब नेकपा एमालेले त्यही गल्ती नदोहोर्याउने उनले बताए । पहिला गरेको गठबन्धनबाट एमालेलाई फाईदा भन्दा घाटा धेरै बेहोर्नु परेको जिकिर गर्दै एमाले पोलिट ब्युरो सदस्य थापाले यदि कसैले एमालेसंगै गठबन्धन गर्न चाहेर आउँछ भने उस्ले एमालेलाई नै मियो मानेर निर्वाचनमा जानु पर्ने पनि बताए ।
यसका साथै उनले निर्वाचन सम्पन्न गराउनकालागी सरकालाई आफ्नो काम, कर्तव्य, जिम्मवारी र दायित्व बुझेर अगाडी बढ्न सुझाव दिए । नेकपा एमालेकालागी स्थानिय निर्वाचनमा पाएको लोकप्रिय मत नै अबको निर्वाचनको मुख्य एजेण्डा बन्ने थापाले बताए । गठबन्धनलाई बिरामी बोकेर हिंड्ने स्ट्रेचरको उदाहरण दिंदै उनले अबको निर्वाचनमा जनताले पहिलो पार्टीको रुपमा जिताएर देखाईदिने दाबी समेत गरे ।
आगामी निर्वाचनमा स्वतन्त्रहरुसंग एमाले डराउनु पर्ने अवस्था कत्तिको छ भन्ने पत्रकारहरुको प्रश्नमा थापाले स्वतन्त्रहरु केवल रोइलो गर्न आएको बताउँदै उनीहरुसंग कुनैपनि प्रकारको निश्चित नीति, सिद्धान्त, अन्तराष्ट्रिय मापदण्ड र सम्पर्क नभएको बताउँदै एमाले लगाएतका अन्य ठूला दलहरु डराउन आवश्यक नभएको जवाफ दिएका थिए ।






