नेपालगञ्ज । नेपालगञ्ज उप महापालिकाका प्रमुख प्रशान्त विष्टले २४ वटा जिल्लाको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको नेपागञ्जलाई अबको २० वर्षमा औद्योगिक रुपमा विकसित गर्नकोलागी आर्थिक विकासको रणनीति कायम गर्न आवश्यक रहेको बताएका छन् । बुधबार नेपालगञ्जमा आयोजित नेपालगञ्ज उप महानगरपालिकाको सार्वजनिक, नीति, सहकारी संवाद कार्यक्रममा प्रमुख विष्टले सो कुरा बताएका हुन् ।
उनले अन्य पालिकाको तुलनामा नेपालगञ्जको विकास हुन नसकेको बताउँदै नेपालगञ्जलाई सुखी र सम्बृद्धि बनाउनकालागी यस क्षेत्रमा रहेका सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । यसका साथै प्रमुख विष्टले नेपालगञ्जलाई विकासको बाटोमा अघि बढाउनकालगी सबै क्षेत्रद्धारा लगानीमा जोड दिन आग्रह समेत गरे ।
नागरिक समाज बाँकेका अध्यक्ष कृष्ण श्रेष्ठले २० वर्ष पहिलेको नेपालगञ्ज र अहिलेको नेपालगञ्जमा धेरै फरक भएको बताउँदै यसलाई अझै विकसित गराउनकालागी यहाँका स्थानिय सरकारले अबको पाँच वार्षमा निश्चित लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताए । साथै उनले विकासकालागी सम्बन्धित निकाय संगै विषेशगरी राजनीति दल र उनीहरुका भातृ संगठनहरु एक हुनु पर्नेमा जोड दिए ।
‘सुखी र सम्बृद्धि नेपालगञ्ज बनाउनकालागी सबैभन्दा पहिले यहाँका राजनीतिक दल र उनीहरुको भातृ संगठनहरु बीचको वातावरण सकारात्मक हुन आवश्यक छ ।’ उनले भने, राजनीतिक दलहरु एकै ठाउँमा बसेर काम गर्न शूरु गरे भने यो शहरले विकासको फड्को मार्न धेरै समय लिने छैन ।’
त्यस्तै कार्यक्रममा सहभागी घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले नेपालगञ्ज आफैमा एउटा औद्योगिक क्षेत्रको रुपमा परिचित शहर हुँदहुँदै पनि यस क्षेत्रमा धेरै जसो सामानहरु निर्यात भन्दा आयातित हुने गरेको बताईन् । उनले नेपालगञ्जलाई औद्योगिक करण बनाउन प्रत्येक गाउँमा उद्योगहरु सञ्चालन गर्नमा जोड दिईन् ।
‘उद्योगले सामान उत्पादन मात्र नभई रोजगार श्रृजना गर्ने भएको हुनाले उत्पादित समानलाई बजार भाऊ दिंदै निर्यात गर्नमा युवाहरु स्वयम नै सक्रिय हुने हुनाले नेपालगञ्जलाई सुखी र संवृद्धि बन्नमा कसैले रोक्न सक्दैन ।’ संवृद्ध नेपालगञ्जकालागी उनले भनिन्,‘प्रत्येक गाउँमा उद्योग र घर घरमा रोजगारको वातावरण बनाईनु पर्छ ।’
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले पनि नेपालगञ्जमा सञ्चालित सबै सहकारीहरुले आफुलाई उत्पादन मुखी बनाउनु पर्नेमा जोड दिए । उनले संवृद्ध नेपालगञ्ज बनाउनकालागी सहकारीहरु अब उत्पादन मुखी हुन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा सबै क्षेत्रबाट उपस्थित भएका सहभागीहरुले सम्वृद्ध नेपालगञ्जकालागी प्रत्येक युवाको हातमा सीप र गाउँ गाउँमा उद्योग सञ्चालन हुन आवश्यक रहेको बताएका थिए ।
उनीहरुले यस क्षेत्रको पर्यटनलाई विस्तार गर्नकोलागी यहाँका स्थानिय तीर्थ स्थलहरुको मर्मत सम्हार गर्न सुझाव दिएका थिए । साथै उनीहरुले वागेश्वरी मन्दिरको खुला दर्शनमा लगाईएको चर्को शुल्कमा पनि नगरपालिकाको ध्यान केन्द्रित गराएका थिए । कार्यक्रममा सम्बधित निकायका सबै क्षेत्रमा आवद्ध प्रमुखहरुको सहभागिता रहेको थियो ।
जी आई जेटका विज्ञ डा. तेजहरी घिमिरेद्धारा सहजीकरण गरिएको उक्त कार्यममा उपस्थित सबैले नेपालगञ्जलाई हरित शहर बनाउन सबैको सहकार्य हुन आवश्यक रहेको औंल्याएका थिए । यसकासाथै उनीहरुले अबको २० वर्षमा नेपालगञ्ज बासीलाई शिक्षा र स्वास्थ्यमा निशुल्क व्यवस्था गरिनु पर्ने बताए ।






