काठमाण्डौ । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले बलात्कारको प्रयास गरेको भन्दै उजुरी परेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उपमेयर महतोविरुद्ध अस्ति उजुरी परे पनि आज मात्रै सार्वजनिक भएको हो । उपमेयरले जागिर लगाइदिने भन्दै आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको उजुरीमा उल्लेख छ । अदालतबाट पक्राउ पूर्जी प्राप्त भएकाले उपमेयर महतोलाई पक्राउ गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । यो समाचार उज्यालोमा छ ।






