काठमाण्डौ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । आज आइतबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भुसालले पदभार ग्रहण गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराएका थिए ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभामुख भुसालले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताईन् । उनले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महसुस गरेको सुनाईन् । उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाईन् ।
उनले सदनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताईन् । उपसभामुख भुसाल गएको शुक्रवार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित भएकी थिईन् ।






