काठमाण्डौ । आन्तरिक कलहमा मुछिएको जनता समाजबादी पार्टी नेपाल (जसपा नेपाल) ले अन्ततस् ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । जनता समाजबादी पार्टी नेपाल (जसपा नेपाल) ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताए ।
नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।
आफूलाई पार्टीले प्रधानमन्त्री कहाँ नाम बुझाएको जानकारी आएको तर शपथका लागि भने खबर नआएको मन्त्रीमा सिफारिस भएका एक नेताले रातोपाटीलाई बताए । भौतिक पूर्वाधार मन्त्री रेणु यादवले पनि पार्टीले आफूलाई सरकारबाट फिर्ता बोलाएको बताइन् । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन ।
जनता समाजबादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन ।






