काठमाण्डौ । राजीनामा दिन लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रोएकी थिईन् । आज आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रोएकी हुन् । उनले पटक–पटक टिस्यु पेपरले आँसु पुछिन् ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको काम रोकिएको बताईन् । आज आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक विस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् । उनले सहरभित्र र बाहिरका लागि छुट्टाछुट्टै योजना बनाएर सडक विस्तारको काम गर्नुपर्ने बताएईन् ।
सबै मन्त्रालयसँग छलफल गरेर सहरभित्र र बाहिरको सडक विस्तारको योजना मन्त्रालयले बनाएको उहाँको भनाइ छ । मन्त्री झाँक्रीले भनिन्,‘जमिन व्यक्तिको निजी सम्पत्ति हो । संविधानप्रद हक हो । त्यस कारण व्यक्तिको अनुमतिविना सडक विस्तारको काम नगर्नु भनेर पटक– पटकका सम्मानित अदालतका आदेशद्वारा रोकिएका छन् । काठमाण्डौभित्र र बाहिरको योजना बनाएर कहाँ बस्ती विकास गर्ने ? कहाँ इकोनोमिक जोइनिङहरू बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुरामा योजना बनाउनुपर्छ ।’






