काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो । योपनि बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८र८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।






