काठमाण्डौ । मंगलबार काठमाण्डौमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।
उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको छ– ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’
यसअघि स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गरेका थिए । योपनि दर्ता हुन नपाउँदै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई विवादमा तान्ने प्रयास भएको छ । लामिछानेले २१ जना कार्यसमितिको नामावलीसहित निर्वाचन आयोगमा मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्दको प्रयोग गरेको भन्दै विवाद निकालिएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले पनि बुधबार नै आयोगमा उजुरी दिएका छन् । स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न उनको माग छ ।
आयोग लामिछानेले दल दर्ताका लागि दिएको निवेदन अध्ययनकै क्रममा रहेका बेला दर्ता रोक्न दुई छुट्टाछुट्टै निवेदन परेको हो । सामाजिक सञ्जलामा पनि कतिपयले सामाजिक सञ्जालमार्फत ‘स्वतन्त्र’ को उपहार भएको टिप्पणी गरेका छन् । तर, लामिछानेले भने यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । लामिछानेले पार्टी कार्यालय बसुन्धरामा खोलेको भएपनि पार्टीका गतिविधि र केन्द्रीय समिति सदस्यका विषयमा समेत विस्तृतमा खुलाएका छैनन् ।






