काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् । बुधबार समाजबादी प्रेस सङ्गठन नेपाल जिल्ला शाखा काठमाण्डौले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका हुन् ।
उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउने जति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे । ‘गठबन्धनले हामीलाई बहुत अपमान गर्यो । अपमानपूर्ण ढङ्गले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । थोरै सङ्ख्या भए पनि हामी आगोको फिलुङ्गो जस्तै हो ।’ सम्मानित नेता खनालले भने ।






