काठमाण्डौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने घोषणा गरे लगत्तै उनलाई धेरै खालका समस्याहरु आउन थालेका छन् । विशेष गरी उनले चालाउने उनको अफिसियल समाजिक सञ्जालमा अनेक समस्याहरु आउन थालेका छन् । विशेषगरी उनका पोष्टहरु टाईमलाईनबाट हट्दै गई रहेको उनी बताउँछन् । सञ्चारकर्मी काठमाण्डौबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।
उनले भने, काठमाण्डौको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ उनले पूर्ण रुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको समेत उनले बताएका छन् । उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए। ‘एक्लै स्वतन्त्र जाने सोच छैन ।’ लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु ।’
लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ । लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए । पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ । यसै क्रममा उनले फेसबुक पेजबाट लाइभ दिदै गर्दा पटक पटक उनको फेसबुक पेजमा आ’क्र’म’ण भएको छ ।
उनले पटकपटक फेसबुक लाइभमा आएर लाइभ दिदै गर्दा हटे पछि उनले दुख ब्याक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, मेरो पोष्ट बारम्बार टाइम लाइन बाट हटिरहेको छ । त्यही भिडियो अरुले पोस्ट गर्दा केही नहुने मैले गर्दा तुरुन्तै हट्ने के हो ? मेरो लाइभ भिडियोपनि हटेको छ । एउटै भिडियो तेस्रो पटक पोस्ट गर्दै छु ।






