काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरमा निवार्चित भएसंगै नवनिर्वाचित मेयर बालेन्द्र साहले धन्यबाद र्याली आयोजना गरेका छन् । राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यबाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा गर्नेछ । यस्तै, चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ ।
र्यालीका कारण यी ठाउँमा गाडीको चाप बढ्ने भएको छ । निर्वाचन आयोगले मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यबाद र्याली सुरु भएको हो । साहले आफूलाई मत दिने सबैलाई धन्यबाद दिँदै आफ्नो ५ वर्षे कार्यकालमा काठमाण्डौलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत बैशाष ३० गते भएको चुनावमा बालेन्द्र शाह ६१ हजार ७ सय ६६ मतसहित विजयी भएका हुन् ।
योपनि काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ९बालेन० ले काठमाण्डौ सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उनले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाए ।
काठमाण्डौलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उनको घोषणा छ । साहले काठमाण्डौलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताउनुभयो । काठमाण्डौ महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरे । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् ।






