काठमाण्डौ । जनताले परिवर्तन चाहेका छन् । बदलिंदो समय अनुसार जनता देश हाँक्छु भन्ने नेताभन्दा कयौं गुणा शिक्षित र चेतनशील भई सकेका छन् । यो कुराको प्रमाण गत बैशाष ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ऊर्फ बालेनलाई आफ्नो अमूल्य मत दिएर प्रमाणीत गरिसकेका छन् । मतगरणा भएदेखि नै बालेनले अग्रता लिंदै आईरहेका थिए । र आजसम्म पनि उनको अग्रता कायम नै छ ।
काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले झन्डै १८ हजार मतले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार नौ सय २३ मतले आफ्नो अग्रता कायम गरिरहेका छन् । बालेनले अहिलेसम्म ४७ हजार चार सय २९ मत ल्याउँदा सिंहले २८ हजार पाँच सय ६ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय सभा गृहमा मतगणना चलिरहँदा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा झरेका छन् । उनले हालसम्म जम्मा २७ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राख्दै आएकी छन् । यस अर्थमा काठमाण्डौ महानगर पालिकाको उपमेयरमा सुनिताको जीत पक्का भएको सजिलै अनुमान गरिएको छ ।






