बर्दिया । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउन अझैं केही ठाउँहरुमा बाँकी नै रहंदा बर्दियाको बढैयाताल गाउँपालिकामा भने दलीय सन्तुलन कायम रहंदै जनप्रतिनीधिहरु निर्वाचित भएका छन् । निर्वाचित भएका जनप्रतिनीधीहरुले शुक्रबार (हिजो) नै सपथ ग्रहण गरेर आ आफ्नो पदभार सम्हाली सकेका छन् । सो पालिकाको प्रमुखमा नेकपा माओबादीका हिमालय त्रीपाठी अध्यक्ष निर्वाचित भएका छन् । १ हजार ५९ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै नै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको उक्त पालिकामा यो पटक भने जनताले उपाध्यक्षमा एमाले उम्मेदवारलाई मात्र चयन गरेका छन् । त्यस क्षेत्रका जनताले एमालेकी लक्ष्मि अधिकारीलाई आफ्नो मत दिएर उपाध्यक्षमा निर्वाचित गराएका हुन् । नवनिर्वाचित उपाध्यक्ष अधिकारीले प्रतिद्धन्द्धिका रुपमा रहेका माओबादी र नेपाली कांग्रेसका द्धए कमला गुरुंग र पवित्रा अर्याललाई ५ सय ६० को मतान्तरले पछि पार्दै उनी निर्वाचित भएकी हुन् ।
९ वटा रहेको उक्त पालिकामा ७ वटामा एमालेका उम्मेदवारहरु प्यानल सहीत नै विजयी भएका छन् भने वडा नं. ५ मा नेकपा माओबादी विजयी भएको छ । त्यसैगरी कांग्रेसको बर्चस्व रहेको वडा नं. ६ मा भने नेपाली कांग्रेस नै विजयी भएको छ । वडादेखि पालिकासम्मै दलीय सन्तुलन रहेको उक्त गाउँपालिकामा विकास र सम्बृद्धिले नयाँ रुप लिनेछ भन्नेमा त्याहाँका जनता विश्वस्त छन् ।
स्थानिय निर्वाचन: बढैयातालमा दलीय सन्तुलन
स्थानिय निर्वाचन: बढैयातालमा दलीय सन्तुलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






