काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छन् ।
योपनि पर्साको बहुदरमाई नगरपालिका मेयरमा जनता समाजवादी पार्टीले जित हात पारेको छ । ६ हजार ४ मत प्राप्त गरी जसपाका सिगासन साह मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव पटेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरे । निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका नितेन्द्र साहले ५ हजार ५ सय १६ मत पप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेकी सुष्माकुमारी कुशवाहा ६ हजार ४ सय ४० मतकासाथ निर्वाचित भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सोनामती देवी यादवले ५ हजार ५ सय २५ मत प्राप्त गरेकी छन् । त्यसैगरी पर्साको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा नेकपा एमालेका उम्मेदवार प्रदुमन चौहान पाँच हजार चार सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपनारायण रौनियारले तीन हजार एक सय २१ मत ल्याएका छन् । पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर पाँच हजार एक सय ९५ मतका साथ विजयी भएका छन् ।






