बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ मा नेकपा एमालले सत्तागठबन्धनलाई चिर्दै एमालेले विजयी हाँसिल गरेको छ । उक्त वडामा गठबन्धनको बलियो बन्धनलाई तोड्दै एमालेको प्यान नै विजयी भएको हो । सो वडामा ३ हजार १ सय ८ मत खसेको थियो । जस्मा एमालेका वडाध्यक्ष तेजनाथ पौडेलले १ हजार ४ सय ७४ मत प्राप्त गरेर विजय हाँसिल गरेका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट प्रतिद्धन्द्धि नेपाली कांग्रेसका वडाध्यक्ष मित्रराज घिमिरे (सुबास) १ हजार ३ सय ७६ मत ल्याएका छन् ।

सोही पालिकाका निर्वाचन अधिकृत बिनोद गौतमका अनुसार पालिका अध्यक्ष एमालेका लाल बहादुर श्रेष्ठले १ हजार १ सय १३ रहेको छ भने उपाध्यक्ष लक्ष्मि अधिकारीले १ हजार २ सय ९१ मत ल्याएकी छन् । त्यसैगरी नेकपा माओबादीका हिमालय त्रीपाठीले १ हजार २ सय ७६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष कमला गुरुंगले जम्मा ९६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेस पालिका अध्यक्ष भगत नेपालीले ४०२ ल्याएका छन् भने उपाध्यक्ष पवित्रा कुमारी अर्यालले १ हजार ४ सय ४२ मत ल्याएकी छन् ।
वडा नं. ८ सहीत बढैयाताल गाउँपालिकामा ६ वटा वडामा नेकपा एमाले सत्तागठबन्धनलाई तोड्दै प्यानल नै विजयी भएको छ । माओबादीको लाल किल्ला मानिएको वडा नं. ४ मा एमालेले पहिलो पटक यसै निर्वाचनमा खाता खोल्न सफल भएको छ । योसंगै उक्त पालिकाको वडा नं. ९ को मतगरणा अब केही बेरमा शुरु हुने निर्वाचन अधिकृतको कार्यालय बढैयाताल मैनापोखरले जनाएको छ । गठबन्धनका कारण माओबादीको कुनै उम्मेदवार नउठेको उक्त वडामा मतपत्रमा भएको हंसिया हठौडामा भने १३ वटा स्वस्तिक छाप लागेको छ ।
गठबन्धनलाई चिर्दै बढैयाताल ८ मा एमालेले गाड्यो झण्डा, यो सहीत उक्त पालिकाको ६ वटा वडामा एमालेकै कब्जा (फोटो सहीत)
गठबन्धनलाई चिर्दै बढैयाताल ८ मा एमालेले गाड्यो झण्डा, यो सहीत उक्त पालिकाको ६ वटा वडामा एमालेकै कब्जा (फोटो सहीत)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






