इलाम । इलामको माई नगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका खम्बसिं लिम्बु विजयी भएका छन् । लिम्बु ८ हजार १ सय ३२ मतसहित विजयी भएका हुन् । विजयी लिम्बुको निकटतम प्रतिस्पर्धी माओवादीका धनकुमार लिम्बुले भने ६ हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा पनि एमालेकै हिमा भण्डारीले सात हजार आठ सय ७५ मत प्राप्त गरेर विजयी भएका छन् । निर्वाचन आयोगको प्रकाशित नतिजा अनुसार नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले भने ६ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । योपनि वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाण निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी दीलिप प्रताप खाणलाई पराजित गरेका हुन् । कृष्ण खाणले १३ हजार ७ सय ७६ मत ल्याएका छन् भने दीलिप खाणले ११ हजार ५ सय ९३ मत ल्याएका हुन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे १२ हजार ८ सय २२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले १२ हजार ३ सय ४० मत ल्याएकी छन् ।






